जोडिनुहोस
  • होमपेज
  • फरार प्रतिवादी बर्दियाबाट पक्राउ

फरार प्रतिवादी बर्दियाबाट पक्राउ

काठमाडौँ, वन मुद्दामा फरार एक जना प्रतिवादीलाई प्रहरीले बर्दियाको बारबर्दिया नगरपालिका–९ बाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारबर्दीया–९ घर भएका सुरेश राज चौधरी छन् ।

बर्दिया जिल्ला अदालतले २०७९ जेठ ११ मा चौधरीलाई काठ ओसार पसार तथा चिरान गरेको कसुरमा २ लाख ९५ हजार जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए ।

अभियुक्तलाई पक्राउ गरेर जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका इन्स्पेक्टर हृदयेश कुमार सापकोटाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका