जोडिनुहोस
  • होमपेज
  • माओवादी नेता पुनलाई भेट्न पुगे एमाले नेता पोखरेल

माओवादी नेता पुनलाई भेट्न पुगे एमाले नेता पोखरेल

काठमाडौँ । नेकपा एमाले महासचिव शंकर पोखरेल माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न अस्पताल पुगेका छन् । बिहीबार बिहान ललितपुरको सुमेरु अस्पतालमा उपचारत पुनलाई भेट्न पोखरेल गएका हुन् ।

स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै स्वास्थ्य लाभको काम समेत पोखरेलले गरेका छन् । पुन जण्डिस रोगबाट पीडित भएपछि अस्पतालमा उपचारत छन् । चिकित्सकले पुनलाई कलेजो प्रत्यारोपण गर्न सुझाव दिइसकेका छन् । पुनलाई भेट्न पोखरेलसहित श्रीमती सुजिता शाक्य समेत अस्पताल पुगेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका