जोडिनुहोस
  • होमपेज
  • हेलिकोप्टर दुर्घटना युद्धको एक हिस्सा : राष्ट्रपति जेलेन्स्की

हेलिकोप्टर दुर्घटना युद्धको एक हिस्सा : राष्ट्रपति जेलेन्स्की

काठमाडौं, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राजधानी किभमा भएको हेलिकोप्टर दुर्घटना, दुर्घटना नभई युद्धकै एउटा अंग भएको बताएका छन्।

हिजो राजधानी किभ नजिक भएको दुर्घटनामा त्यहाँका आन्तरिक मामिला मन्त्री, उपमन्त्री, मन्त्रालयका सचिव, स्थानीय एक पूर्वप्राथमिक विद्यालयका बालबालिका गरेर १४ जनाको मृत्यु भएको थियो। युक्रेनले दुर्घटनाको कारण अहिलेसम्म सार्वजनिक गरेको छैन।

साथै आधिकारिक रुपमा हेलिकोप्टर दुर्घटनामा रुसी हात रहेको पनि बताएको छैन्। तर राष्ट्रपति जेलेन्स्कीले दावोसमा जारी विश्व आर्थिक मञ्च डब्ल्युईएफलाई सम्बोधन गर्ने क्रममा युद्धकालमा दुर्घटना नहुने भन्दै हेलिकोप्टर दुर्घटनालाई युद्धकै भाग भएको बताएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका