जोडिनुहोस
  • होमपेज
  • जीवित शिशुलाई मृत घोषणा गरिएको घटनामा छानबिन गर्न समिति गठन

जीवित शिशुलाई मृत घोषणा गरिएको घटनामा छानबिन गर्न समिति गठन

विराटनगर । कोसी अस्पतालमा उपचारका लागि लगिएकी १८ दिने शिशु मृत्यु भएको घोषणा गरिएको विषयमा अनुसन्धान गर्न ३ सदस्यीय छानबिन समिति बनाइएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल ल्याइएकी शिशुलाई मेडिकल अफिसर डा. आकाश यादवले मृत घोषणा गरेका थिए । ती शिशुको अहिले गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको छानबिनका लागि अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीण झाको नेतृत्वको तीन सदस्यीय समिति गठन गरिएको हो । थप दुई सदस्यमा बालरोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र प्रशासनका कर्मचारी रामप्रसाद नेपाल रहेको मोरङका सीडीओ काशीराज दाहालले जानकारी दिए ।

समितिलाई छानबिन गरी प्रतिवेदन बुझाउन समय सीमा तोकिएको छ । समितिले आजैबाट काम थालेको छ ।

बुधबार बिहान साढे ८ बजे मोरङको जहदा गाउँपालिका-३ की नवजात शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि अभिभावकले अस्पताल ल्याएका थिए । तर, डाक्टरले मृत्यु भइसकेको भनेपछि आकस्मिक कक्षबाट निकालिएकी शिशुले हातखुट्टा चलाएकी थिइन् । आक्रोशित आफन्तले डाक्टरमाथि कुटपिटसमेत गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका