जोडिनुहोस
  • होमपेज
  • माइक्रोसफ्टले कटौती गर्यो १० हजार कर्मचारी

माइक्रोसफ्टले कटौती गर्यो १० हजार कर्मचारी

प्रविधि कम्पनी माइक्रोसफ्टले एकै पटक १० हजार कर्मचारी कटौती गर्ने भएको छ । अमेरिकासहित विश्वभरको अर्थतन्त्रमा आएको मन्दीलाई कारण देखाउँदै कम्पनीले एकै पटक ठुलो संख्यामा कर्मचारी कटौती गरेको हो ।

यो निर्णयले एकै पटक माइक्रोसफट्को विश्वभर छरिएका ५ प्रतिशत कर्मचारी प्रत्यक्ष प्रभावित बन्नेछन् । यस्तै, कम्पनीको व्यापारमा १.२ बिलियन अमेरिकी डलरको प्रभाव पर्नेछ ।

माइक्रोसफट्का प्रमुख कार्यकारी अधिकारी सत्या नाडेलाले कोरोनाको समयमा धेरै मानिसले प्रविधिमा खर्च बढाएपनि यतिबेला खर्च कटौती गर्न खोजिरहेका छन् । यहीकारण, कम्पनीको व्यापारमा गिरावट आउँदा १० हजार कर्मचारीले रोजगार गुमाउने भएका हुन् ।

यद्यपि, बजारको आवश्यकताअनुसार माइक्रोसफ्टले नयाँ कर्मचारी हायर गरिरहेन नाडेलले बताए । उनका अनुसार यतिबेला धेरै क्षेत्रमा मन्दी छाइरहेको छ र प्रविधिको क्षेत्रमा पनि एआईको व्यापक प्रयोग बढेको छ ।

फाइनान्सियल टाइम्सका अनुसार माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्सको क्षत्रमा अर्बौ डलरको लगानी गरिरहेको छ । ओपन एआईले बनाएको च्याट जीपीटीका धेरै लगानीकर्तामध्ये माइक्रोसफ्ट पनि एक हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका