जोडिनुहोस
  • होमपेज
  • रुसविरुद्ध युक्रेनको मद्दतका लागि अमेरिका, बेलायत, डेनमार्कले गरे यस्तो घोषणा

रुसविरुद्ध युक्रेनको मद्दतका लागि अमेरिका, बेलायत, डेनमार्कले गरे यस्तो घोषणा

अमेरिका र युरोपेली देशहरूले युक्रेनलाई थप हतियार आपूर्ति गर्ने बताएका छन् । यो आपूर्तिमा गोला–बारुदबाहेक युद्धमा काम आउने बख्तरबन्द गाडी पनि हुनेछन् ।

समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार रुस–युक्रेन युद्धको अर्को चरणमा किभलाई सहयोग गर्न आयोजित महत्त्वपूर्ण बैठकमा यो निर्णय गरिएको हो ।

यसै सन्दर्भमा अमेरिकाले युक्रेनलाई सहयोग गर्न २.५ अर्ब डलर बराबरको सामग्री पठाउने घोषणा गरेको छ । बेलायतले युक्रेनलाई ६०० वटा ब्रिमस्टोन मिसाइल दिने बताएको छ ।

डेनमार्कले युक्रेनलाई फ्रान्समा निर्मित १९ वटा सिजर होविट्जर र स्वीडेनले आर्चर आर्टिलरी सिस्टम दिने वाचा गरेको जनाएको छ । जर्मनीको रामस्टेनमा भएको ५० देशको बैठकपछि यो निर्णय गरिएको हो ।

उक्त बैठकमा नेटोका ३० सदस्य राष्ट्रहरु पनि सहभागी थिए । रामस्टेनमा भएको बैठकमा रुसविरुद्ध युक्रेनलाई थप सहयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले जर्मनीमा भएको वार्ताका बारेमा कीभले ‘बलियो निर्णय’ र ‘बलियो सैन्य समर्थन’ को अपेक्षा गरेको बताए । तर अमेरिका र जर्मनीले युक्रेनबाट अत्याधुनिक ट्याङ्कको मागबारे कुनै निर्णय गरेका छैनन् ।

यसबारेमा रुसले पश्चिमी देशहरूले युक्रेनलाई यो सहयोग गरे त्यसको गम्भीर परिणाम हुने चेतावनी दिएको छ । जर्मनीले युक्रेनलाई भारी हतियार उपलब्ध गराउन सावधानी अपनाइरहेको छ । तर जर्मन चान्सलरमाथि युक्रेनलाई लेपर्ड ट्याङ्क दिन दबाब बढिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका