जोडिनुहोस
  • होमपेज
  • अध्यक्ष ओली र यादवबीच भेटवार्त : सत्ता गठबन्धन बलियो बनाउन आग्रह

अध्यक्ष ओली र यादवबीच भेटवार्त : सत्ता गठबन्धन बलियो बनाउन आग्रह

भक्तपुर, नेपाल कम्यनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धलाई बलियो बनाउन आग्रह गरेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा उनले त्यस्तो आग्रह गरेका हुन् ।

भेटवार्तामा एमाले अध्यक्ष ओलीले जसपाका अध्यक्ष यादवलाई सरकारमा सहभागी भएर अहिलेको गठबन्धन बलियो बनाउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

यसअघि निर्वाचनमा पनि मिलेर गएको र अब सरकारमा पनि मिलेर अगाडि बढ्नुपर्ने बताउँदै उनले यादवलाई सरकार गठनका क्रममा समस्या आउँदा सबैलाई मिलाएर लैजाने आश्वासन दिएका थिए । उनीहरूबीच शनिबार ओली निवास बालकोटमा भेटवार्ता भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका