जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय हवाई यात्रु दोब्बर

अन्तर्राष्ट्रिय हवाई यात्रु दोब्बर

काठमाडौं, अघिल्लो वर्षका तुलनामा सन् २०२२ मा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या बढेको छ । २०२१ मा हवाई यात्रा गर्ने आन्तरिक यात्रु ३५ लाखभन्दा बढि रहेकोमा २०२२ मा यो संख्या ४४ लाख नाघेको हो ।

यस्तै, गत वर्ष अन्तर्राष्ट्रिय हवाई यात्रा गर्नेहरु १४ लाख ४२ हजार थिए । यो वर्ष बढेर ३४ लाख ८८ हजार पुगेका छन् । कोभिडका कारण गत वर्षका सुरुका महिनामा विदेश यात्रा गर्ने ज्यादै कम थिए ।

सरकारी तथ्यांक अनुसार सन् २०२० मा आन्तरिक हवाई यात्रुको संख्या १४ लाख र अन्तर्राष्ट्रिय यात्रुको संख्या ११ लाखमात्र थियो । सन् २०२२ मा आन्तरिक यात्रु नै ४४ लाख ६६ हजार पुगेका छन् । यसले हवाई यात्रा लोकप्रिय बन्दै गएको देखाएको छ ।

विमानस्थान कार्यालयका अनुसार २०२२ मा १ लाख ८ हजार २ सय २ वटा आन्तरिक उडान तथा अवतरण हुँदा ४४ लाख ६६ हजार १ सय ५२ जना यात्रुले हवाई यात्रा गरेका छन् ।
कारोबार दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका