जोडिनुहोस

राजनीति

उपसभामुख रानाको शपथ आज

उपसभामुख रानाको शपथ आज

काठमाडौं, नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज अपरान्ह ५ बजे पद तथा गोपनीयताको शपथ लिने भएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ शपथ कार्यक्रम तय भएको संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेले उपसभामुख रानालाई शपथ गराउनेछन् । उपसभामुख राना राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ हुन् । उपसभामुखमा निर्वाचित भएपछि उनले हिजो मात्र पार्टीको सबै जिम्मेवारीबाट अलग भएको बताएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका