जोडिनुहोस
  • होमपेज
  • टाइगर प्यालेसले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको ठहर

टाइगर प्यालेसले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको ठहर

बुटवल, रुपन्देहीमा सबैभन्दा पहिला स्थापना भएको पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको ठहर भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित पाँचतारे टाइगर प्यालेस रिसोर्टले भैलाभुजको सार्वजनिक जग्गा मिचेको जिल्ला अदालत रुपन्देही ठहर गरेको हो ।

सार्वजनिक जग्गा मिचेको आरोप लगाउँदै जिल्ला अदालत रुपन्देहीमा मुद्दा परेको थियो । मुद्दामा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले यही माघ ६ गते सार्वजनिक जग्गा मिचेको फैसला गरेको हो । फैसलामा सार्वजनिक जग्गा फिर्ता गर्न आदेश दिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका