जोडिनुहोस
  • होमपेज
  • म्याच फिक्सिङमा संलग्न आरोपमा आरोपमा २ जना क्रिकेटर पक्राउ

म्याच फिक्सिङमा संलग्न आरोपमा आरोपमा २ जना क्रिकेटर पक्राउ

काठमाडौँ – म्याच फिक्सङमा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । नेपाल टी–२० लिगमा स्पट फिक्सङमा संलग्न रहेको आरोपमा मेहबुब आलम र आदिल अन्सारीलाई पक्राउ गरेको हो ।

मेहबुब आलम पूर्व राष्ट्रिय क्रिकेटर हुन भने अन्सारी राष्ट्रिय क्रिकेट टोलीका सदस्य हुन् । आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर हुन् ।

उनले एकैखेलमा १० विकेट लिएको कीर्तिमानी बताएका छन् भने पक्राउ परेका अन्सारीले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।

उनीहरुले नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका