जोडिनुहोस
  • होमपेज
  • काठमाडौंको बबरमहलबाट रुबी खानसहित अधिकारकर्मीहरु पक्राउ

काठमाडौंको बबरमहलबाट रुबी खानसहित अधिकारकर्मीहरु पक्राउ

काठमाडौँ – प्रहरीले रबी खानसहित अधिकारकर्मीहरुलाई पक्राउ गरेको छ ।

बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै माइतीघरबाट र्‍यालीसहित गएको टोलीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु जिल्ला अदालतको बाटो सिंहदरबार तर्फ जान थालेपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

सिंहदरबार आन्दोलन निषेधित क्षेत्र हो । आन्दोलनकारी निषेधित क्षेत्रमा प्रवेश गर्न थालेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुले निर्मला कुर्मीलाई बेपत्ता पारेको घटानाको अनुसन्धान गर्न र आरोपीलाई पक्राउ गर्न माग गरेका छन् ।

उनीहरुले निर्मलालाई बेपत्ता पारेको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका