जोडिनुहोस
  • होमपेज
  • लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घको आग्रह

लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घको आग्रह

त्रिपोली, लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ । लिबियाका लागि संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियोग गुटरेसका विशेष प्रतिनिधिले सो आग्रह गरेका हुन्।

उनले लिबियाको आर्थिक अवस्था निकै कमजोर हुदै गएकाले केही वर्षयतादेखि जारी सङ्कटको समाधानका लागि सहयोगका लागि आग्रह गरेका हुन्।

लिबियाका लागि संयुक्त राष्ट्रसङ्घीय महासचिवका विशेष प्रतिनिधि अब्दुल्लाह बाथीले आइतबार त्रिपोलीमा आयोजित एक कार्यक्रममा सो आग्रह गरेका हुन् ।

आइतबार लिबियाको राजधानी त्रिपोलीमा आयोजना भएको अरबका विदेशमन्त्रीहरुको एक परामर्श बैठकमा उहाँले लामो समयदेखि जारी रहेको लिबियाको सङ्कट समाधानका लागि लिबियाका छिमेकी देशहरुका साथै अरब देशहरुसमक्ष आग्रह गरेका हुन्।

सो बैठकपछि उनले ट्वीटमा लेखेका छन्– विगत लामो सयमदेखि लिबिया आर्थिक लगायतको सङ्कटमा छ, त्यसैले यसका छिमेकी देशहरु, अरब देशहरुका साथै अन्य अन्तर्राष्ट्रिय सरोकारवालाहरुलाई आग्रह गर्दछु ।

उनले लिबियाका सबै राजनीतिक दलहरुका साथै हाल लिबियालाई सहयोग गर्दै आएका विदेशी दाता राष्ट्रहरुले पनि लिबियाको विकासका लागि ऐक्यवद्धता जनाउनुपर्नेमा जोड दिएका छन्।

लिबिया राजनीतिक अस्थिरता तथा आपसरी द्वन्द्वका कारण लामो समयदेखि आर्थिक संकटमा परेको छ । हाल यहाँको आर्थिक व्यवस्थामा सहयोग गर्नुपर्ने देखिएको संयुक्त राष्ट्रसंघले बताउँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका