जोडिनुहोस
  • होमपेज
  • इन्द्र राज्यलक्ष्मी क्वाटरफाइलनमा

इन्द्र राज्यलक्ष्मी क्वाटरफाइलनमा

पोखरा, गण्डकी विश्वविद्यालयको आयोजनामा सोमबारदेखि कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ। पोखरा रंगशालामा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार प्रतियोगिताको उद्घाटन गरेका हुन् । सोमबार भएको उद्घाटन खेलमा इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालय विजयी भएको छ ।

पोखरा रंगशालामा भएको पहिलो खेलमा इन्द्र राज्यलक्ष्मीले ग्लोबल कलेजियट माध्यमिक विद्यालयलाई ३–१ ले पराजित गरेको हो । राज्यलक्ष्मीको जितमा दीपक गोलेले २ र सुजल नेपालीले १ गोल गरे । ग्लोबलका लागि मन्दीप गुरुङले १ गोल फर्काए । खेलको सुरुआत चौथो मिनेटमै राज्यलक्ष्मीका गोलेले गोल गर्दै अग्रता दिलाएका थिए ।

त्यसको ८ मिनेटपछि १२ औं मिनेटमा ग्लोबलका मन्दीपले बराबरी गोल फर्काएका थिए । त्यसपछि पहिलो हाफमा गोल हुन सकेन । दोस्रो हाफमा ४२ औं मिनेटमा राज्यलक्ष्मीका सुजलले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । खेलको इन्जुरी समयमा राज्यलक्ष्मीका दीपक गोलेले गोल गर्दै ३–१ को जित दिलाए ।

विजयी इन्द्र राज्यलक्ष्मीले क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब क्वाटरफाइनलमा राज्यलक्ष्मीले छोरेपाटन माध्यमिक विद्यालयसँग मंगलबार खेल्नेछ । पराजित ग्लोबल कलेजियट प्रतियोगिताबाट बाहिरिएको छ ।

खेल ३०–३० मिनेटको खेलाइएको थियो । यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले खेलाडी र प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका