जोडिनुहोस
  • होमपेज
  • एसियन गेम्समा खेल संख्या थपिने

एसियन गेम्समा खेल संख्या थपिने

काठमाडौं, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आसन्न एसियन गेम्समा खेल संख्या थप्ने तयारी गरेको छ । यस वर्ष चीनको हाङझावमा आयोजना हुने प्रतियोगितामा नेपालले केही खेल संख्या थप्ने भएको हो । राखेपको बोर्ड बैठकले आसन्न एसियन गेम्समा २३ खेल समावेश गर्ने निर्णय गरेको थियो ।

घरेलु प्रतियोगिता, अन्तराष्ट्रिय नतिजा, खेलाडीको प्रर्दशन र नतिजाको सम्भावनाका आधारमा राखेपले २३ खेललाई आसन्न एसियाडमा सहभागी गराउने निर्णय गरेको थियो । सोही अनुसार राखेपले एसियाडमा सहभागी हुने खेल र खेलाडीको बन्द प्रशिक्षण सुरु गरेर प्रतियोगिताको तयारी थालेको थियो ।

चीनमा आयोजना हुने भनिएको प्रतियोगिता कोभिडका कारण एक वर्षपछि सरेपछि राखेपले समेत केही खेल संख्या थप्ने तयारी गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका