जोडिनुहोस
  • होमपेज
  • टाईगर कपमा एपीएफ र आर्मीको जित

टाईगर कपमा एपीएफ र आर्मीको जित

काठमाडौं, विभागीय टोलीहरु नेपाल एपीएफ क्लब र त्रिभुबन आर्मी क्लबले तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ जित निकालेका छन् ।

पोखरा रंगशालाको कभर्ड हलमा सोमबार विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा हराउँदै एपीएफले लगातार दोस्रो जित निकालेको हो । लगातार दोस्रो जित निकाल्ने क्रममा एपिएफले पुलिसलाई २५–१९, २१–२५, २५–१९ र २५–१८ को सेटमा हराउन सफल भयो ।

पुलिसको भने यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा एपिएफले आर्मीलाई ३–१ कै सेटमा हराउन सफल भएको थियो । आजै भएको पुरुष तर्फको पहिलो खेलमा श्रीलंकाको एसटी जोशेफ वाज स्पोर्टस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै आर्मीले पहिलो जित हात पारेको थियो ।

आफ्नो दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा आर्मीले जोशेफ वाज स्पोर्टस क्लबलाई २५-२०,२५-१७ र २५-१० को सेटमा हराएको हो ।

महिला र पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५र५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही २५ हजार नगद प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई पनि जनही १० हजार नगद र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका