जोडिनुहोस
  • होमपेज
  • ६ महिनामा ७ खर्बको व्यापार घाटा

६ महिनामा ७ खर्बको व्यापार घाटा

काठमाडौं, चालू आर्थिक वर्षको छैटौं महिना पुसमा निकासी व्यापारमा अघिल्लो महिनाको तुलनामा केही सुधार देखिएको छ । आयातमा आइरहेको कमी पुसमा पनि निरन्तर छ ।

सरकारले पुसबाट लागू हुने गरि विलासी वस्तुको आयात प्रतिबन्ध हटाएको थियो । यसले आयात फेरि बढ्ने अनुमान गरिएको थियो । तर, नतिजाले त्यस्तो देखाइएको छैन् ।

गाडी मोबाइल मदिरा र मोटरसाइकल आयात प्रतिबन्धलाई मंसिर मसान्तपछि निरन्तरता दिइने निर्णय गरेर कार्यान्वयनमा आए पनि तत्काल यसको प्रभाव वैदेशिक व्यापारमा देखिएको छैन् ।

भन्सार विभागका अनुसार पुस महिनामा १ खर्ब २७ अर्ब ९१ करोड ९८ लाख रुपैयाँको वस्तु आयात भएको छ । यस्तै, १३ अर्ब ५० करोड २९ लाख रुपैयाँको वस्तु निकासी भएको विभागको तथ्यांक छ ।

अघिल्लो महिना मंसिरमा भने १ खर्ब ३२ अर्ब रुपैयाँको आयात र १२ अर्ब ५३ करोड रुपैयाँको निकासी भएको थियो ।

कारोबार दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका