जोडिनुहोस
  • होमपेज
  • नेपाल भारत विकास साझेदारी : ७५ वर्षमा ७५ आयोजना

नेपाल भारत विकास साझेदारी : ७५ वर्षमा ७५ आयोजना

काठमाडौँ, काठमाडौँ स्थितभारतीय राजदुतावासले नेपाल भारत विकास साझदारी सम्मेलन आयोजना गरेको छ ।काठमाडौंको सोल्टी होटलमा भारतको स्वतन्त्रताको ७५ वर्ष र नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्षको उपलक्ष्यमा भारतीय दूतावासले सेन्टर फर साउथ एसियन स्टडिजसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमका अवसरमा नेपालको भौतिक, सामाजिक, सास्कृतिक र आर्थिक विकासका लागि भारत सरकारसँगको सहकार्यको विषयमा चर्चा गरिएको छ ।

कार्यक्रममा उपप्रधान एवम् भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकासमा भारत सरकारको सहयोगको प्रशसा गरे । उनले नेपाल र भारतको घनिष्ठ सम्बन्धको चर्चा गर्दै नेपालको संस्कृती विकासमा भारतको धेरै सहयोग पुगेको बताए ।

यस्तै, कार्यक्रममा भारतको सहयोगमा निर्माण भएका र भइरहेका ७५ वटा विकासका परियोजना सार्वजनिक गरिएको छ ।भारतले बनाइरहेका ७५ मध्ये ४८ वटा परियोजना भूकम्प पुनर्निर्माणका छन् । त्यसका साथै रेलमार्ग, ऊर्जा, शिक्षा, स्वास्थ्य, यातायात, विपद् व्यवस्थापनलगायत क्षेत्रमा भारतीय परियोजना सञ्चालन भइरहेका छन् ।

भारतको सहयोगमा निर्माण भएको ३४।९ किलोमिटर लामो जयनगर –जनकपुर रेलमार्ग २०७८ चैतमा उद्घाटन भइसकेको छ। जयनगर–बिजलापुर–बर्दिबास रेलमार्ग परियोजनाअन्तर्गत यस खण्डको निर्माण ८ अर्ब ७७ करोड रुपैयाँको लागतमा भएको हो ।

भारतीय सहयोगमा रक्सौल–काठमाडौँ रेलमार्गको स्थलगत सर्वेक्षणको ५० प्रतिशत काम भइसकेको छ । नेपाल विद्युत उत्पादन परियोजनाको विकास, अन्तरदेशीय प्रसारण पूर्वाधारको निर्माण, ऊर्जा व्यापार, राष्ट्रिय प्रसारण लाइनको सञ्चालन तथा ऊर्जा परिचालनमा पनि दुई देशबीच सहकार्य हुँदै आएको छ।

भारतको सहयोगमा ३१ करोड ६९ लाख रुपैयाँ लागतमा त्रिभुवन विश्वविद्यालय परिसरमा केन्द्रीय पुस्तकालय निर्माणाधिन छ । त्यसका साथै विभिन्न छात्रवृत्तिमार्फत् नेपाली विद्यार्थीलाई नेपाल र भारतमा अध्यापनसमेत गराइरहेको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले ‘छिमेक पहिलो’ नीति अंगीकार गर्दै सहयोग निरन्तर गरिरहेको बताए।

उनले भने, ‘भारतको यो नीतिमा नेपालको विशेष स्थान छ, विकास सहायताका साथै साँस्कृतिक परम्परामा समेत हाम्रो साझेदारी छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका