जोडिनुहोस

समाचार

सुन उच्च मूल्यमा कारोबार

सुन उच्च मूल्यमा कारोबार

काठमाडौं, स्थानीय बजारमा सुनको मूल्य मंगलबार हालसम्मकै महँगोमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ६ हजार ३०० रुपैयाँ कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

यसअघि, गत वर्षको फागुन २५ गते छापावाल सुन प्रतितोला एक लाख पाँच हजार ५०० रुपैयाँमा करोबार भएको थियो । त्यसको एक वर्षपछि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ ।

मंगलबार तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ३६५ रुपैयाँ कायम भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका