जोडिनुहोस
  • होमपेज
  • नेपाल टी-ट्वान्टीमा स्पट फिक्सिङ भएको सीआईबीको निष्कर्ष

नेपाल टी-ट्वान्टीमा स्पट फिक्सिङ भएको सीआईबीको निष्कर्ष

काठमाडौं, नेपाल टी-ट्वान्टी लिगमा स्पट फिक्सिङ भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले निष्कर्ष निकालेको छ । सीआईबीले मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा स्पट फिक्सिङ भएको जनाएको छ ।

सीआईबीले स्पट फिक्सिङको आरोपमा पूर्व राष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल आलमलाई सोमबार पक्राउ गरिएको समेत जनाएको छ ।

छानबिनमा महबुबले कम्तिमा दुई खेलाडीबाट स्पट फिक्सिङको प्रयास गरेको प्रमाण भेटिएको सीआईबीले जनाएको छ । महबुबले प्रतियोगिता दौरान आदिल आलमलाई एउटा नो बल र एउटा बाइड बल फाल्न एप्रोच गरेको र उनले खेलेको कम्तिमा दुई खेलमा सोहो प्रकृतिको खेल खेलेको सीआईबीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका