जोडिनुहोस
  • होमपेज
  • किन रोकियो शेखर-गगन समूहको भेला ?

किन रोकियो शेखर-गगन समूहको भेला ?

काठमाडौं, नेपाली कांग्रेस संस्थापन इतर पक्षको भेला राष्ट्रपति निर्वाचन नहुँदासम्मका लागि स्थगित भएको छ । संस्थापन इतर पक्षको साझा धारणा बनाउन आइतबार नेताहरूको भेला गरिएको थियो ।

अर्को भेला मंगलवार बिहानका लागि तय गरिएको थियो । भेलाको पहिलो दिन शेखर कोइरालासहितका केही नेताले राखेको भनाइ बंग्याएर सञ्चारमाध्यममा आएको भन्दै तत्कालका लागि भेला स्थगित गर्ने निष्कर्षमा संस्थापन इतर पक्ष पुगेको हो ।

संस्थापन इतर पक्षले मंगलबारका लागि डाकिएको भेला स्थगित गर्दै अब राष्ट्रपति निर्वाचनपछि मात्र यसलाई निरन्तरता दिने भएको छ ।

पहिलो दिनको भेलामा नेता शेखर कोइरालाले पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर गल्ती भयो भन्नुभएको थिएन ।

तर सञ्चारमाध्यममा भने दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर पार्टीले गल्ती गन्यो भन्नुभयो भन्ने कुरा आयो, कोइरालानिकट एक नेताले भने, भित्र एउटा कुरा भएको थियो तर बाहिर अर्कै आयो । यसले राम्रो सन्देश नगएकाले राष्ट्रपति चुनावपछि मात्र बस्नेगरी भेला स्थगित गरिएको छ ।
नागरिक दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका