जोडिनुहोस
  • होमपेज
  • साउनयता उपत्यकामा भए ६० आगलागीका घटना

साउनयता उपत्यकामा भए ६० आगलागीका घटना

काठमाडौं, साउनयता उपत्यकामा ६० वटा आगलागीका घटना भएका छन् । दमकल कार्यालय काठमाडौंले दिएको जानकारीअनुसार यो महिना सबैभन्दा बढी आगलागीका घटना भएका छन् । फायर कमान्डर नरेशराज कुँवरका अनुसार यो महिनाको १० गतेसम्म ५ वटा आगलागीका घटना भएका छन् ।

तीमध्ये सबैभन्दा ठूलो सोमबार राती ललितपुर महानगरपालिका–३ स्थित सिहिटीमा भएको थियो । राती करिब साढे ९ बजे कृष्ण अधिकारीलगायतले सञ्चालन गरेको डाइपर गोदाममा आगलागी हुँदा करिब ३ करोड रुपियाँ बराबरको क्षति भएको थियोे ।

आगलागीलगत्तै ललितपुर महानगरपालिकाको दमकल पुगेको थियो । सो दमकलले आगलागी नियन्त्रण गर्न नसकेपछि कामपाको दमकल पनि पुगेको थियो । साढे ९ बजेबाट लागेको आगो मंगलबार बिहान साढे ४ बजे नियन्त्रणमा आएको कामपा दमकल प्रमुख प्रकाश पण्डितले भने ।

उनका अनुसार शुरूमा कवाड कारखानामा आगलागी भएको थियो । त्यहाँको आगलागी नियन्त्रण भएको अनुमान गर्दागर्दै डाइपर गोदममा आगलागी भयो । सो आगलागीबाट करिब ३ करोड रुपियाँ बराबरको क्षति भएको दमकल प्रमुख पण्डितको भनाइ थियो ।

त्यसअघि विद्युत् सर्ट भएर ३ र अन्य दुईवटा आगलागीका घटना भएको कुँवरको भनाइ छ । यो महिनामा मैतीदेवी, बालाजु, चावहिल र धोवीघाटमा आगलागी भएको थियो । साउनमा ३५, भदौमा र असोजमा २०–२०, कार्तिकमा २४, मंसिरमा २१ र पुसमा २३ वटा आगलागीका घटना भएका छन् ।

तीमध्ये विद्युत् सर्ट भएर ५५, ग्यास लिक भएर ८ र अन्य २६ आगलागीका घटना भएका छन् । फायर कमान्डर कुवँरले अघिल्लो वर्ष विद्युत् सर्ट भएर ३ सय ५५ र ग्यास लिक भएर १ सय ८१ र अन्य ७३ वटा घटना भएको जानकारी दिए ।
नेपाल समाचारपत्र दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका