जोडिनुहोस
  • होमपेज
  • कश्मीरका ११ वर्षीया फलक मुमताजको ब्रुस ली बन्ने लक्ष्य

कश्मीरका ११ वर्षीया फलक मुमताजको ब्रुस ली बन्ने लक्ष्य

कुलगाम — कश्मीरकी स्थानीय एघार वर्षीया फलक मुमताजले स्काई च्याम्पियनशिपमा राष्ट्रिय स्तरमा स्वर्ण पदक जितिन्। कश्मीरी बालिका खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेर यसलाई प्रमाणित गरिरहेका छन्।

गत हप्ता जम्मुमा खेलिएको स्काई च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने मध्ये फलक पनि एक हुन्। उनी एक गरिब परिवारकी हुन् र ऋषि—नगरमा बस्छिन् जुन शहरभन्दा टाढा रहेको छ । यस्तै, यो गाउँ यस्तो दुर्गम छ कि शिक्षाको लागि राम्रो विद्यालय पनि छेन् । आफू बु्रस लीबाट प्रभावित भएको भन्दै आफू कश्मीरको बु्रस ली बन्न चाहने बताए ।

उनले भनिन्— मैले बाल्यकालदेखि नै ब्रुस लीका फिल्महरू हेर्थें र उहाँबाट मलाई यो खेलमा आउन प्रेरणा मिलेको थियो। भर्खरै जम्मूमा खेलिएको स्काई च्याम्पियनसिपका लागि चार बालिका छनोट भएका थिए र स्वर्ण पदक जित्ने एकमात्र बालिका हुन्।

उनले आफ्नो भविष्यको योजना सुनाउँदै आईएएस अफिसर बन्ने बताइन् । उनी आईएएस अफिसर बनेर समाजलाई सेवा गर्ने भारतीय सञ्चार संस्था एएनआई लेखेको छ । उनले भनिन्, ‘म घरमा अभ्यास गर्छु र अरू केटाकेटीहरू मलाई देखेर खुसी हुन्छन् र म जस्तै पदक जित्न प्रेरणा दिन्छन्। स्वर्ण पदक जितेकोमा म पनि धेरै खुसी छु । म विश्वस्त छु कि मैले अवसर पाएमा अन्तर्राष्ट्रिय मञ्चमा पदक जित्नेछु र मलाई समर्थन गर्न सरकारलाई आग्रह गर्नेछु।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका