जोडिनुहोस
  • होमपेज
  • बागमती सरकारले पायो पूर्णता, यी हुन् मन्त्री

बागमती सरकारले पायो पूर्णता, यी हुन् मन्त्री

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराज जम्कट्टेलले आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । ११ सदस्यीय मन्त्रिपरिषद्लाई उनले बुधबार बाँकी मन्त्री नियुक्त गरेर पूर्णता दिएका हुन् ।

उनले बुधबार नियुक्त गरेका मन्त्रीहरूले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथसमेत लिइसकेका छन् । कट्टेलको मन्त्रिपरिषद्‌मा एमालेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री, एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री बनेका छन् ।

यस्तै माओवादीका युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री र कुमारी मोक्तान सामाजिक विकास मन्त्री बनेका छन् । मुख्यमन्त्री जमकट्टेल पनि माओवादीकै हुन् ।

यस्तै बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् । राप्रपाका उद्धव थापा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री, डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री बनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका