जोडिनुहोस
  • होमपेज
  • हात्तीको आक्रमणबाट एक महिला घाइते

हात्तीको आक्रमणबाट एक महिला घाइते

महेन्द्रनगर– खरखडाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज गएका एक महिला बुधबार दिउँसो जंगली हात्तीको आक्रमणबाट घाइते भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहका अनुसार खर काट्न निकुञ्ज गएकी लालझाडी गाउँपालिका–६ ढक्काका ५५ वर्षीया लल्लु सार्की घाइते भएकी हुन् । प्रहरीका अनुसार हात्तीको आक्रमणबाट गम्भीर घाइतेको बेलौरीमा उपचार भइरहेको छ । गत पुसको तेस्रो साता पनि शुक्लाफाँटा नगरपालिका-१२ मा जंगली हात्तीको आक्रमणबाट एक स्थानीय घाइते भएका थिए ।

निकुञ्जले मध्यवर्ती क्षेत्रका उपभोक्ताका लागि भन्दै यहाँ दुई दिन खरखडाइ खुला गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका