जोडिनुहोस
  • होमपेज
  • मेयर कप तेक्वान्दो शुक्रबारदेखि

मेयर कप तेक्वान्दो शुक्रबारदेखि

काठमाडौं, जैशीदेवल युथ क्लबको आयोजनामा तेश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा आयोजकको २ तथा १८ नगरपालिकाका गरी २० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिले जनाएका छन् । ४ सय खेलाडीको सहभागिता रहने छ ।

गेरोगीमा १६ तथा पुम्सेमा ४ गरी जम्मा २० स्पर्धामा खेल हुनेछ । उत्कृष्ट खेलाडी, प्रशिक्षक र निर्णायकलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका