जोडिनुहोस
  • होमपेज
  • आज श्री पंचमी, सरस्वतीको पुजा आराधाना मनाइदै

आज श्री पंचमी, सरस्वतीको पुजा आराधाना मनाइदै

आज श्री पंचमी अर्थात सरस्वती पुजा । बिद्याकी देवी सरस्वतीको पुजा आराधाना गरी देशभर श्री पंचमी मनाइदै छ । आजको दिनलाई शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनको रुपमा समेत लिईने गरिन्छ । विद्याकी देवीका रूपमा मानिने सरस्वतीको आराधना गर्दै आज देशभर सरस्वती पूजा मनाइँदै छ । हिन्दु धर्मावलम्बीले सरस्वती मन्दिर तथा पुस्तकको पूजा गरेर आराधना गर्छन ।

आजको दिनमा बालबालिकालाई अक्षराम्भ गराए शुभ हुने मानिन्छ ।विशेषगरि विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आ–आफ्ना कलासाधनाका उपादानहरु कापी–कलम, वाद्यययन्त्र, कुची लगायतको श्रद्धापूर्वक पूजा गर्ने गर्दछन ।

देशभरका विभिन्न सरस्वती मन्दिरहरुमा बिद्यार्थीहरु देवी सरस्वतीको पूजा प्रर्थना गर्न बिहानै देखि भीड लाग्ने गर्दछ । तान्त्रिकहरु तन्त्रसिद्धीका लागि तारादेवीका रुपमा देवि सरस्वतीको आराधना गर्छन । सूर्य उत्तर तिर लागी दिन लामो हुने र वसन्त ऋतु सुरु हुने विश्वासका साथ आजका दिनलाई वसन्त पंचमी पनि भन्ने गरिन्छ ।

आज बालबालिकालाई शिक्षा आरम्भ गराउने र नाक–कान छेड्ने गरिन्छ । विभिन्न जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानै देखि पूजाआजा गर्न खास गरी छात्रछात्राको घुइँचो लाग्ने गर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका