जोडिनुहोस
  • होमपेज
  • काठमाडौंबाहिर २५ सयले लिए नयाँ श्रमस्वीकृति

काठमाडौंबाहिर २५ सयले लिए नयाँ श्रमस्वीकृति

काठमाडौं, श्रमस्वीकृतिका काम प्रदेशस्तरका ६ वटा श्रम कार्यालयबाट सुरु भएपछि हालसम्म लगभग २ हजार ५ सय युवाले नयाँ श्रमस्वीकृति लिएका छन् ।

पोखरा र वुटवलबाट यसअघि नै सेवा विस्तार गरिएका कारण ती कार्यालयबाट सेवा लिनेको सङ्ख्या भने केही बढि रहेको छ । सरकारले पुस अन्तिम हप्ताबाट श्रमस्वीकृतिका सबै काम प्रदेशस्तरका श्रम कार्यालयबाट गर्ने निर्णय गरेको भएपनि सुर्खेत र कैलालीमा प्रविधिक पूर्वाधारको काम भने दुई दिनअघि मात्रै पूरा भएर सेवा प्रदान हुन थालेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी आर्यालले धनगढी र सुर्खेतबाट समेत सेवा प्रवाह हुने गरी शुभारम्भ गरेपछि अब भने सबै प्रदेशबाट सेवा लिन सकिने छ ।

कारोबार दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका