जोडिनुहोस
  • होमपेज
  • दीपक वलीको निर्देशनमा ‘कामिनो’ निर्माण हुने

दीपक वलीको निर्देशनमा ‘कामिनो’ निर्माण हुने

काठमाडौं, कृष्ण लीला’ फेम्ड निर्देशक दीपक वलीको निर्देशनमा फिल्म ‘कामिनो’ निर्माण हुने भएको छ । बुधबार थिम पोस्टर रिलिज गर्दै फिल्मको शीर्षक र अभिनेताको नाम सार्वजनिक गरियो ।

स्पेनिस शब्दबाट नामाकरण गरिएको फिल्ममा प्रदीप खड्का मुख्य भूमिकामा रहनेछन् । त्यसो त केही दिनअघि नै दीपक वलीको फिल्ममा उनले काम गर्न लागेको खबर सार्वजनिक भएको थियो ।

स्पेनिस भाषामा ‘कामिनो’को अर्थ बाटो हुन्छ । पोस्टरमार्फत् पनि फिल्मको नामको अर्थ प्रष्ट्याउन खोजिएको छ । पोस्टरमा एक व्यक्ति झोला बोकेर हिँडिरहेको देख्न सकिन्छ भने विशाल समुन्द्रमा जहाज यात्रारत देखिन्छ ।

फिल्मको कथा यात्रासँग सम्बन्धित रहेको पोस्टरले बुझाउँछ । सुनिल विष्ट गौली कार्यकारी निर्माता रहेको फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका