जोडिनुहोस
  • होमपेज
  • ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक

‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक

एजेन्सी, भारतीय अभिनेता सलमान खान अभिनित फिल्म ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक भएको छ । फिल्मको टिजर शाहरूख खानको फिल्म ‘पठान’ रिलिज भएकै दिन हलमा सार्वजनिक गरिएको हो ।

बुधबार सार्वजनिक गरिएको १ मिनेट ४३ सेकेण्ड लामो टिजरमा एक्सन दृश्य समावेश गरिएको छ । फरहाद सम्जी निर्देशित फिल्मको फिल्मको कथावस्तु सलमानले लेखेका हुन् ।

फिल्म निर्माणमा सलमान खान फिल्म्स ब्यानरले जिस्टुडियोसँग सहकार्य गरेको छ । फिल्ममा सलमानका अलावा पूजा हेग्डे, शहनाज गिल, भाग्यश्री, भूमिका चावलाको मुख्य भूमिका रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका