जोडिनुहोस
  • होमपेज
  • पोखरा विमानस्थलले श्रीलंकाको हम्बनटोटा पोर्ट जस्तै नियति भोग्न सक्ने आशंका

पोखरा विमानस्थलले श्रीलंकाको हम्बनटोटा पोर्ट जस्तै नियति भोग्न सक्ने आशंका

नयाँ दिल्ली– भर्खरै उद्घाटन गरिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलको भविष्यमा चिन्ता उब्जिएको छ । साना विमानमात्र राख्न सक्ने भएकाले यसले भविष्यको बारेमा चिन्ता उब्जिएको हो । यो नेपालको लागि सेतो हात्ती बन्न सक्छ । यो विमानस्थलले श्रीलंकाको हम्बनटोटा पोर्टको जस्तै नियति भोग्न सक्ने आँकलन गरिएको छ । चीनले हम्बनटोटा र पोखरा विमानस्थल समान रणनीतिक उद्देश्यले बोकेर बनाएको छ ।

गत जनवरी १५ मा यति एयरलाइन्सको विमान दुर्घटना भएको विमानस्थलमा इन्धन र यात्रुको प्रतिबन्ध र रात्रि अवतरण सुविधा सञ्चालन हुन नसकेकोले ए३२० र बी७३७ जस्ता मध्यम आकारका न्यारो बडीका विमान सञ्चालनमा आउन सकेको छैन । यो दुर्घटनापछि विमानस्थलको व्यवहारिक पक्षको बारेमा प्रश्न चिन्ह खडा भएको इकोनोमिक टाइम्स्ले लेखेको छ । चीनले विमानस्थललाई बीआरआई परियोजनाको सूचीमा राखे पनि नेपाल सरकारले यसको इन्कार गर्दै आएको छ ।

एक्जिम बैंकबाट २१५.९६ मिलियन डलर ऋणमा बनेको विमानस्थलमा चिनियाँ उपस्थितिले बेइजिङलाई भारतविरुद्ध रणनीतिक गहिराइ दिन सक्छ। उत्तर प्रदेशका धेरै स्थानहरू हवाई मार्गबाट पोखरा नजिक छन्। पोखरा विमानस्थलबाट गोरखपुरको दुरी ३०० किलोमिटर जति रहेको छ । यस्तै, हवाईमार्गबाट गोरखपुर २० मिनेटमा पुग्न सकिन्छ भने लडाकु विमानबाट १० मिनेट भन्दा कम समयमा पुग्न सकिन्छ । नयाँदिल्लीदेखि पोखराको सिधा व्यावसायिक उडान एक घण्टाभन्दा कम लाग्ने छ । चीनको पीएलए जेट पोखरामा राखियो भने छोटो समयमै भारतको राजधानी पुग्न सक्छ ।

नेपालका नागरिक उड्डयन विज्ञहरूले विमानस्थलले धेरै ट्राफिकहरू आकर्षित गर्न नसक्ने र ठूलो घाटा बेहोर्ने बताउँछन्। चीनको एक्जिम बैंकले आयोजनाका लागि नेपाललाई ऋण दिएको लगभग सबै रकम विमानस्थल निर्माणको ठेक्का लिएको चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीको खातामा गइसकेको छ । यदि नेपालले ऋण तिर्न असफल भयो भने, बेइजिङले काठमाडौंलाई चीनको विशेष प्रयोगको लागि यो एयरपोर्ट आफ्नो कब्जामा लिन सक्ने बताइएको छ । चीनले पोखरामा चिनियाँ नागरिकका लागि होटल, रिसोर्ट र भ्याकेशन होम निर्माण गर्न नेपाललाई दबाब दिइरहेको इकोनोमिक टाइम्सले लेखेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका