जोडिनुहोस
  • होमपेज
  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौं, कैलालीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । बिहीबार राति गोदावरी नगरपालिका–३ को भित्री सडकमा सुपप्र–०१–००९–प २३०८ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ४५ वर्षीया शारदा चन्दको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी चन्दको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोदावरी नगरपालिका–३ का २४ वर्षीय सुरेन्द्र भण्डारीको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका