जोडिनुहोस

समाचार

सुनको मूल्य ११ सयले घट्यो

  • Sagarmatha TV
  • शुक्रबार, माघ १३, २०७९
सुनको मूल्य ११ सयले घट्यो

काठमाडौँ, नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकैदिन सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै हिजो विहीबारको तुलनामा मूल्य घटेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलमा १ लाख ५ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ३०० रुपैयाँ छ । हिजो विहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ६हजार ४०० रुपैयाँ थियो ।

हिजो नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । नेपाली बजारमा यसअघि सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० रुपैयाँ पुुगेको थिएन । यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ कायम छ । हिजो बिहिबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका