जोडिनुहोस
  • होमपेज
  • माडागास्करमा आँधीबाट १६ जनाको मृत्यु

अन्तर्राष्ट्रिय

माडागास्करमा आँधीबाट १६ जनाको मृत्यु

  • Sagarmatha TV
  • शुक्रबार, माघ १३, २०७९
माडागास्करमा आँधीबाट १६ जनाको मृत्यु

एजेन्सी, माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको शुक्रबार बताइएको छ । त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको र अरु १९ जना हाराएका सो समाचारमा जनाइएको छ ।

प्राप्त समाचार अनुसा माडागाकस्करको सेनेसो क्षेत्रमा केही दिनदेखि आँधी आएको छ । सो आँधीमा परेर बिहीबार सम्ममा १६ जनाको ज्यान गएको छ भने अरु १९ जना हराएका छन् । यहाँको प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रकाअनुसार अहिले पनि आँधीको त्रास हुनसक्ने भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन भनिएको छ ।

सो केन्द्रले यहाँका ५५ हजार जना भन्दा बढी नागरिक आँधीबाट प्रभावित भएका छन् । उनीहरुमध्ये २५ हजार जनाभन्दा बढीलाई घरबाट अन्यत्रै सारिएको छ भने अरु केहीलाई सतर्क रहन भनिएको छ ।

यहाँका अधिकारीहरुले प्रकोपमा परेर १३ हजार घरमा बाढी पसेको छ भने अरु पाँच सय घर बाढीले बगाएको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका