जोडिनुहोस
  • होमपेज
  • भुमिकास्थानमा पाथीभरामाताको मुर्ति स्थापना, धार्मिक पर्यटक भित्र्याउने लक्ष्य

भुमिकास्थानमा पाथीभरामाताको मुर्ति स्थापना, धार्मिक पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौँ । अर्घाखाँचीको भुमिकास्थान–१०, धनचौर–सेङलेङ्गमा पाथीभरामाताको मूर्ति अनावरण गरिएको छ । १८५४ सालमा पाथिभरामाताले पाइला टेकेको किम्वदन्तीअनुसार सेङलेङ्गको टापुमा पाथीभरा मन्दिर स्थापना गरिएको हो । योसँगै पर्यटकको भित्र्याउने लक्ष्य लिइएको छ ।

श्रीपञ्चमीको अवसर पारेर आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी र भुमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापाले पाथीभरा माताको मूर्ति अनावरण गरेका हुन् ।

रायमाझीले अर्घाखाँचीको धार्मिक पर्यटन प्रवद्र्धन र आर्थिक विकासमा पाथीभरा मन्दिरले महत्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे भुमिकास्थान नगरप्रमुख थापाले प्रसिद्ध सुपादेउराली मन्दिर आउने दर्शनार्थीलाई ल्याउने गरि पाथिभरामाताको मूर्ति स्थापना गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका