जोडिनुहोस
  • होमपेज
  • माओवादीको निर्णयः राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने

माओवादीको निर्णयः राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने

काठमाडौं – नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रिय सहमति अनुसार राष्ट्रपति चयन हुनु पर्ने निर्णय लिएको हो ।

दुई दिनसम्म चलेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले आफू एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भएको भन्दै बैठकमा पदाधिकारी र सदस्यसँग राष्ट्रपति चुनावमा उसको समेत विश्वास लिएर कसरी अघि बढ्न सकिन्छ भनी प्रश्न सोधेका थिए ।

धेरैजसो सहभागीले कांग्रेसलाई समेत विश्वासमा लिएर सहमति जुटाउने जिम्मा माओवादी केन्द्रको काँधमा आइपुगेको भन्दै त्यसैका लागि अघि बढ्न प्रचण्डलाई सुझाव दिएका थिए । यसअघि एमाले अध्यक्ष केपी ओली र प्रचण्डबीच भएको सहमतिमा राष्ट्रपति र सभामुख एमालेले पाउने समझदारी भएको सूचना बाहिरिएको थियो । माओवादीले त्यस निर्णयबाट पछि हट्न खोजेको संकेत मिलेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका