जोडिनुहोस
  • होमपेज
  • भियतनामको लाङ सन प्रान्तले चीनबाट आउने सबै नागरिकको कोभिड टेष्ट गर्ने

भियतनामको लाङ सन प्रान्तले चीनबाट आउने सबै नागरिकको कोभिड टेष्ट गर्ने

हनोई– भियतनामको लाङ सन प्रान्तले चीनबाट यस प्रान्तमा आउने नागरिकको कोभिड–१९ को परिक्षण गर्नै भएको छ । ज्वरो, खोकी वा सास फेर्न गाह्रो हुने जस्ता लक्षणहरू भएका नागरिकको कोभिडको परिक्षण गर्ने भियतनामी अखबार भीएनएक्प्रेसले जनाएको छ ।

प्रिभेन्टिभ मेडिसिन महाशाखाका उपप्रमुख न्गुएन लुओङ तामले लाङ सन स्वास्थ्य विभाग र अधिकारीहरूसँगको भेटमा उक्त कुरा बताएका हुन्। भविष्यमा कोभिड–१९ बाट बच्नका लागि सीमानाका गेटमा नै सबै शंकास्पद बिरामीको द्रुत परीक्षण आवश्यक छ,’भीएनएक्सप्रेस पत्रिकाले समाचारमा उल्लेख गरेको छ ।

भियतनामले पछिल्लो समय चीनबाट यात्रुहरुलाई निरुत्साहित गर्दै आएको छ । पछिल्लो समय चीनमा कोभिड संक्रमणको वृद्धि दर उच्च रहेको एबीसी न्यूजले जनाएको छ । यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रि भेन्सनले चीन र हङकङ तथा मकाउबाट अमेरिका आउने सबै यात्रुहरूको नेगेटिभ कोभिड परीक्षण आवश्यक रहेको बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका