जोडिनुहोस
  • होमपेज
  • डाँडागाउँमा खानेपानी योजना सञ्चालन

डाँडागाउँमा खानेपानी योजना सञ्चालन

काठमाडौं । दक्षिण पश्चिम रसुवास्थित डाँडागाउँको नयाँ बस्तीमा शुद्ध खानेपानी व्यवस्थापनका लागि छुट्टै योजना सञ्चालन गरिएको छ ।

विसं २०७२ को भूकम्पले विस्थापित भई पुनर्वास गरेका ४० घर परिवारलाई केन्द्रित गरी खानेपानीको व्यवस्था मिलाइएको र भाँगेखोलादेखि अल्छीबिसौनासम्मको खानेपानी निर्माण गर्नका लागि बागमती प्रदेश सरकारले रु ३० लाख अनुदान प्रदान गरेको हो ।

भूकम्पको असरले आफ्नो पुरानास्थान छोड्न बाध्य भएका साविक डाँडागाउँ गाविसका बासिन्दा हाल उत्तरगया गाउँपालिका–२ अल्छीबिसौनामा बसोबास गर्दै आएका छन् । उत्तरगया गाउँपालिका–२ का वडाध्यक्ष टुकुप्रसाद सुवेदीका अनुसार डाँडागाउँका बासिन्दाको हितका लागि चालु आर्थिक वर्षमा सञ्चालन गरिने विकास निर्माणका काम धमाधम अगाडि बढिरहेको छ ।

सिन्दूरे ढुङ्गा मुहान गरी भुमेस्थान हुँदै डाँडागाउँ तथा सिम्ले गाउँक्षेत्रमा शुद्ध खानेपानीको व्यवस्थापन मिलाउन प्रदेश सरकारको सहयोगअन्तर्गत निर्माणको प्रक्रिया अगाडि बढेको छ । भागेखोला मुहानबाट ल्याइने पानीले सिम्लेका एक सय ५० घर परिवार र सिदुरे ढुङ्गाबाट ल्याइने पानीले डाँडागाउँ क्षेत्रका करिब तीन सय घर परिवारलाई शुद्ध खानेपानीको व्यवस्था मिलाउने लक्ष राखिएको छ ।

यी दुईमध्ये सिम्लेको योजना यसै वर्ष र सिन्दूरे ढुङ्गा डाँडागाउँको खानेपानी भने कम्रागतरूपले आगामी वर्ष सम्पन्न हुने बताइएको छ । ग्रामीण क्षेत्रका बासिन्दालाई खानेपानी निर्माणको व्यवस्थापन गर्न आवश्यक बजेट भने प्रदेश सरकारले व्यवस्थापन गरिसकेको वडा कार्यालयले जनाएको छ ।

दूरदराजका गाउँको विकासमा प्रदेश सरकारले थोरै सहयोग गरे पनि ग्रामीण बासिन्दाका लागि भने ठूलो राहत मिलेको स्थानीयले बताएका छन् । यसैगरी एकआपसी गाउँ घरमा हिँड्न सहजताको लागि सिँढी बाटो निर्माण, भाँगे गाउँमा सिँचाइ मर्मत तथा बधशाला र खेल मैदान, सिम्लेस्थित त्रिशूली नदीमा मरणपाटी निर्माणसमेतका कार्य सुरू गरीसकिएको छ ।

यसै आवमा सम्पन्न गर्ने लक्ष्यसाथ वडा कार्यालयको बजेटबाट सुरूआत भएको सिँढी तथा मरणपाटीलगायतका काम सम्पन्न गर्न रु २० लाख खर्च हुने वडाध्यक्ष सुवेदीले जानकारी दिए

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका