जोडिनुहोस
  • होमपेज
  • मकर जितुमाया हाइड्रोपावरले खुलायो आईपीओ

मकर जितुमाया हाइड्रोपावरले खुलायो आईपीओ

काठमाडौँ । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओ बिक्री खुलाएको हो । हाइड्रोपावारले जारी पूँजी ७६ करोडको १० प्रतिशतका दरले हुन आउने ७ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुलाएको छ । १०० रुपैयाँ अंकित ७ लाख ६० हजार कित्ता आईपीओ बिक्री खुलाएको हो ।

यो आईपीओमा दोलखाका गौरीशंकर गाउँपालिका र विगु गाउँपालिकाका स्थानीयले आवेदन दिन पाउनेछन् । यस्तै, वैदेशिक रोजगारीमा गएकाहरुलाई १ लाख ५२ हजार कित्ता सेयर छुट्याइएको छ ।

यसमा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरुले आवेदन दिन पाउनेछन् । दोलखा जिल्लामा ६.४ मेगावाट क्षमताको जलविद्युत आयोजना बनाइरहेको छ । यो आयोजनाको कूल लागत १ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ आंकलन गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका