जोडिनुहोस
  • होमपेज
  • पेड्रीको गोलमा बार्सिलोना विजयी

अन्तर्राष्ट्रिय

पेड्रीको गोलमा बार्सिलोना विजयी

पेड्रीको गोलमा बार्सिलोना विजयी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले साँघुरो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई १-० गोल अन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा पेड्रीले निर्णायक गोल गरे । खेलको ६१ औं मिनेटमा पेड्रीले जोर्डी अल्बाको पासमा गोल गरेका हुन् ।

यस जितसँगै बार्सिलोनाले १८ खेलमा ४७ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको रियल मड्रिड भन्दा ६ अंकले अघि रहेको छ ।

जिरोना २१ अंक जोडेर तालिकाको १२ औं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका