जोडिनुहोस
  • होमपेज
  • नागरिकता लिन जिल्ला प्रशासन पुगे रवि लामिछाने

नागरिकता लिन जिल्ला प्रशासन पुगे रवि लामिछाने

काठमाडौं । सर्वोच्च अदालतले नागरिकतामा दोषी ठहर गरेपछि मन्त्री र सांसद पद गुमाएका रवि लामिछाने नयाँ नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । सर्वोच्च अदालतले शुक्रबार रविले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर सुनाएको थियो ।

अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रूपमा गरेका सबै कार्य अवैध हुने भनेको थियो ।

लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेका र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाउनेवित्तिकै उनको पुन: नागरिकता प्राप्तिको प्रक्रिया अघि बढ्नेछ ।

रवि आउनुअगावै काठमाडौं प्रशासन परिसरमा रविका कार्यकर्ता र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । प्रहरीको समेत बाक्लो उपस्थिति छ ।

लामिछाने प्रतिनिधिसभाको उम्मेदवार हुन अयोग्य रहेको भनेर निर्वाचन आयोगमा समेत उजुरी परेकोमा आयोगले कुनै निर्णय गरेको थिएन । उनले दोब्बर मतान्तरमा चुनाव जितेका थिए । पुन: नेपाली नागरिकता लिएर रवि फेरि उपचुनाव लड्ने चर्चा बढेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका