जोडिनुहोस
  • होमपेज
  • पोखरामा एक युवकले गरे आत्मदाहको प्रयास

पोखरामा एक युवकले गरे आत्मदाहको प्रयास

पोखरा । पोखरामा एक युवकले आत्मदहको प्रयास गरेका छन् । काठमाडौंमा केही दिनअघि एक युवकले आत्मदह गरेको घटना सेलाउन नपाउँदै पोखरामा महानगरपालिका-१३ काहुँखोला बस्दै आएका एकजनाले आइतबार आत्मदाहको प्रयास गरेका हुन् ।

कास्कीको मादी गाउँपालिका ४५ वर्षीय युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । डेरामा बस्दै आएका उनले बाथरुममा छिरेर पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । उनलाई बचाउने क्रममा घरबेटीसमेत घाइते भएको वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले जानकारी दिए ।

घाइते दुवैजनाको अहिले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा उपचार भइरहेको वडाध्यक्ष बरालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका