जोडिनुहोस
  • होमपेज
  • रवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

रवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

काठमाडौं । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुन:स्थापित भएका छन् ।

केन्द्रीय समितिको बैठकले उनलाई सभापतिमा पुन: चयन गरेको हो । सर्वोच्च अदालतले नागरिकता विवादमा दोषी ठहराएसँगै लामिछानेको सांसद, मन्त्री र पार्टी सभापति पद गुमेको थियो । आज बिहान काठमाडौं प्रशासन पुगेर पुन: नेपाली नागरिकता कायम गरेसँगै उनी धुम्बाराहीस्थित पार्टी मुख्यालय पुगेका थिए ।

कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा बसेको बैठकले उनलाई राजीनामाको ४८ घण्टा नबित्दै सभापतिमा लामिछानेलाई पुन:स्थापित गरेको छ । शुक्रबार अर्याल रास्वपाको कार्यवाहक सभापति बनेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका