जोडिनुहोस
  • होमपेज
  • कप्तानको शतकमा दक्षिण अफ्रिकालाई सिरिज

कप्तानको शतकमा दक्षिण अफ्रिकालाई सिरिज

काठमाडौं, घरेलु टोली दक्षिण अफ्रिकाले इंग्ल्याण्डसँगको एकदिवसीय सिरिज जितेको छ । आईतबार भएको दोस्रो एकदिवसीय खेलमा ५ विकेटको जित हासिल गरेर घरेलु टोलीले तीन खेलको सिरिज २(० ले जित हात पारेको हो ।

पाहुना टोलीले दिएको ३ सय ४३ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ४९.१ ओभरमा ५ विकेट गुमाएर ३ सय ४७ रन बनायो ।

घरेलु टोलीका लागि कप्तान टिम्बा बमुभाले शतकीय ईनिङ खेले । बमुभाले १ सय २ बलमा १४ चौका र १ छक्काको सहयोगमा १ सय ९ रन बनाए । उनले ९० बलमा १०० रन बनाएका थिए ।

डेबिड मिलरले ३७ बलमा अविजित ५८ रनको अर्धशतकीय ईनिङ खेले । एडम माकरमले ४९ रन बनाउँदा रासी भान डार डुसनले ३८ रन बनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका