जोडिनुहोस
  • होमपेज
  • बाध्यकारी श्रमलाई शून्यमा पुर्‍याउन पहल गर्नेछु : श्रममन्त्री अर्याल

बाध्यकारी श्रमलाई शून्यमा पुर्‍याउन पहल गर्नेछु : श्रममन्त्री अर्याल

काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी श्रमलाई शून्यमा पुर्‍याउन पहल गर्ने गरी काम गर्ने बताएका छन् ।

आइतबार मन्त्रालयमा बाध्यकारी श्रमसम्बन्धी प्रोटोकल ९पी २९० २०१४ को अनुमोदन र बाध्यकारी श्रम उन्मूलनका लागि एकीकृत कानुनको आवश्यकतासम्बन्धी सङ्घीय सांसद र सरोकारवालासँगको छलफलमा उनले सो कुरा बताए ।

उनले अहिले बाध्यकारी श्रम निषेध र पुनःस्थापनका लागि बनाउन लागिएको विधेयकलाई परिपक्व र प्रभावकारी ढङ्गले अगाडि बढाउन सबै सरोकारवाला निकायलाई आग्रह गरे ।

“ऐन, कानुन लामो समयसम्म काम गर्ने गरी बनाउनुपर्छ । एकपटक बनाएको कानुन लामो समयसम्म कामयावी हुनुपर्छ, ता कि त्यो मन्त्री र सरकारी कर्मचारी फेरिने बित्तिकै फेर्न पर्ने नहोस्,” उनले भने । नेपाल श्रम सर्वेक्षण २०१८ अनुसार नेपालमा ३१ हजार ३३८ बाध्यकारी श्रमिक छन् ।

मुक्त कमैया ४० हजार, हलिया १६ हजार ९५३ जना, हरुवा चरुवा ४५ हजार ६५ र इँटाभट्टामा ६ हजार २२९ ले बाध्यकारीरूपमा श्रम गरिरहेका छन् । प्रस्तावित विधेयकमा यी चार क्षेत्रका श्रमिकका समस्यमा समाधान गर्ने विषय समेटिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका