जोडिनुहोस
  • होमपेज
  • अझै टुङ्गो लागेन सभामुखको सरकारी निवास

अझै टुङ्गो लागेन सभामुखको सरकारी निवास

काठमाडौ, सङ्घीय संसद्का नयाँ पदाधिकारीलाई सरकारी निवास व्यवस्थापन गर्न सचिवालयलाई सकस परेको छ। भइरहेका कतिपयमा पदाधिकारीको अनिच्छा र केही स्थान दिन सरकारले आनाकानी गरेपछि निवास व्यवस्थापन हुन नसकेको हो ।

माघ ५ गतै नै निर्वाचित भए पनि सभामुख देवराज घिमिरे सरकारी निवासमा सरेका छैनन् । सचिवालयले सभामुख, उपसभामुखको निवास व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयलाई भने ताकेता गरिरहेको छ। संसद् सचिवालयले पदाधिकारी निर्वाचन अगावै निवास व्यवस्थापनका लागि आग्रह गरिसकेको हो।

त्यसका लागि पुनः ताकेता गरेको छ तर मन्त्रालयले व्यवस्थापन गरिसकेको छैन । “हामीले सहरी विकासलाई आग्रह गरिसकेका छौँ तर व्यवस्थापन भएको छैन । सभामुख पनि गृह जिल्ला गएकाले पुरानैमा व्यवस्थापन गर्नेबारे पनि थप कुरा भइसकेको छैन,” संसद् सचिवालय स्रोतले भन्यो ।

सचिवालयका अनुसार घिमिरेले यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रयोग गर्नुभएको लैनचौरको निवासमा जान अनिच्छा गरेका छन् । बालुवाटारमा रहेको सभामुख निवास भने राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रयोग गरिरहेका छन् ।

अध्यक्षको भवनमा भने यसअघि मन्त्रिपरिषद् कार्यालय पुनर्निर्माणका क्रममा प्रधानमन्त्रीको सरकारी निवास बनाइएको थियो। उक्त समय प्रतिनिधि सभा सभामुखविहीन रहेकाले अध्यक्ष तिमिल्सिनाले भवन प्रयोग गरेका थिए ।
गोरखापत्र दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?