जोडिनुहोस
  • होमपेज
  • २३ वर्षपछि बस्तीमा धारा वितरण

२३ वर्षपछि बस्तीमा धारा वितरण

भक्तपुर, मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोेटारमा ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरु भएको २३ वर्षपछि आयोजनाभित्रका बासिन्दालाई खानेपानीका धारा वितरण सुरु गरिएको हो ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा २ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर आर्थिक वर्ष २०५८र०५९ बाट सुरु गरेको काममा विभिन्न कारणले ढिलाई हुँदा आयोजनाले पटक-पटक म्याद थप गर्दै प्लट जग्गा बिक्री गर्दै आएको हो । कमेरोटार जग्गा एकीकरण आयोजना क्षेत्रभित्र रहेका करिब २ हजार १ सय धारामा पानी वितरण सुरु गरिएको हो ।

नगरपालिकाको विशेष पहलमा आयोजना र काठमाडौं उपत्यका खानेपानी लिमिटेड थिमि शाखाले सयुंक्त रुपमा कमेरोटार क्षेत्रमा खानेपानी वितरण सुरु गरेको नगर प्रमुख एवं आयोजना व्यवस्थापन उपसमितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

कारोबार दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका