जोडिनुहोस
  • होमपेज
  • प्रहरीद्वारा १८ केजी गाँजा बरामद

प्रहरीद्वारा १८ केजी गाँजा बरामद

मोरङ्र, विराटनगर महानगरपालिका –६ र ११ को सिमानास्थित केशलीया नहरबाट करिब १८ केजी अवैध लागूऔषध गाँजा आइतबार प्रहरीले बरामद गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट खटिएको चेकिङ टोलीलाई पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको को।१३ प ४६६८ नम्बरको मोटरसाइकल चालकले देख्नासाथ मोटरसाइकल सोही स्थानमा छाडी फरार भएपछि प्रहरीले सो गाँजा बरामद गरेको हो ।

प्रहरीले मोटरसाइकल छाडी फरार रहेका व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका