जोडिनुहोस
  • होमपेज
  • फरार अभियुक्त १७ वर्षपछि पक्राउ

फरार अभियुक्त १७ वर्षपछि पक्राउ

भक्तपुर, कर्तव्य ज्यान मुद्दाका फरार २ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका –१ बस्ने ४० वर्षीय सुकमान भन्ने कान्छाराम तामाङ र ४१ वर्षीय बहादुर तामाङ रहेका छन् ।

२०६२ माघ ३० गते चाँगुनारायण नगरपालिका –९ ताथलीमा रहेको गणेश ईट्टा भट्टा नजिकै रहेको कुलो छेउमा सोही भट्टामा काम गर्ने सुकमान भन्ने कान्छाराम र बहादुरले रोल्पा घर भई सोही ईट्टा भट्टामा काम गर्ने ४१ वर्षीय कृष्ण योगीको शरीरको विभिन्न भागमा चक्कु तथा लौरो प्रहार गरी हत्या गरी फरार रहेका थिए ।

घटनामा संलग्न उनीहरुलाई खोजी गर्नेक्रममा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरुबारे थप अनुसन्धान गरी अदालतमा हाजिर गराउने भक्तपुर प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका