जोडिनुहोस
  • होमपेज
  • बिपीमा बिरामी कुरुवा बस्न ५ सय रुपैयाँ धरौटी

बिपीमा बिरामी कुरुवा बस्न ५ सय रुपैयाँ धरौटी

विराटनगर। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वार्डमा राखिएका बिरामी कुर्नका लागि ५ सय रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ ।
बिरामी कुरुवाहरुले रकम जम्मा गरेर मात्रै बिरामी कुरुवा पास पाउने छन् ।

प्रतिष्ठानले माघ १० गते सूचना जारी गर्दै कुरुवाले ५ सय रुपैयाँ धरौटी राख्नु पर्ने नियम लागू गरेको थियो । यो नियम आइतबार देखि लागू गरेको हो ।

प्रतिष्ठानले जारी गरेको सूचनामा अस्पतालको इमर्जेन्सी वार्डमा अनावश्यक भिडभाड बढेकोले त्यसलाई न्यूनीकरण गर्न कुरुवा पास अनिवार्य गर्ने नियम लागु गरिएको उल्लेख छ ।

सूचनामा ‘प्रतिष्ठानको इमर्जेन्सीमा बिरामीहरू सँग आउने कुरुवाहरूको इमर्जेन्सीभित्र अनावश्यक भिडभाड हुँदा अस्पताल जस्तो संवेदनशील स्थानमा गुणस्तरीय एवं प्रभावकारी असर हुन्छ । तसर्थ मिति २०७९र१०र१५ गते देखि लागू हुने गरी कुरुवा पास लिएका कुरुवाहरूलाई मात्र इमर्जेन्सीमा प्रवेश गर्न दिइने छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका